म्यानमारमा १२५ वर्ष पुरानो ऐतिहासिक पुल भत्कियो
काठमाडौं । म्यानमारबाट प्राप्त रिपोर्ट अनुसार, शान राज्यमा रहेको ऐतिहासिक गोटेक पुल बारुदी सुरुङका कारण आंशिक रूपमा ध्वस्त भएको छ।
गोटेक पुलको दश मिटर भाग भत्किएको बताइएको छ।
यो मन्डले शहरबाट लगभग सय किलोमिटर टाढा रहेको क्षेत्रमा अवस्थित छ जहाँ सेना तैनाथ छ र विद्रोहीहरू सक्रिय छन्।
सन् १९०० मा यो पुल खुल्दा यो विश्वको सबैभन्दा ठूलो रेलवे ट्रेसल पुल थियो। यस पुलको स्टीलका पार्टपुर्जाहरू अमेरिकाको पेन्सिलभेनियामा निर्माण गरिएको थियो।
एउटा ट्रेसल ब्रिज धेरै साना भागहरू मिलेर बनेको हुन्छ, जुन रेलवे लाइनको लागि प्रयोग गरिएको फ्रेममा अडिएको हुन्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment