रूसद्वारा युक्रेनमाथि बहुआयामिक आक्रमण गरेको दाबी
काठमाडौं । मंगलबार रूस र युक्रेनले युद्धको अवस्थाबारे फरक–फरक दाबी गरेका छन्। रूसी रक्षा मन्त्रालयका अनुसार गत २४ घण्टामा रूसी सेनाले युक्रेनका १४२ क्षेत्रमा आक्रमण गर्दै युक्रेनी ड्रोन नियन्त्रण तथा प्रक्षेपण स्थल, युक्रेनी सेना र विदेशी लडाकुहरूको अस्थायी तैनाथ स्थानहरू लक्षित आक्रमण गरेका छन्।
ती आक्रमणमार्फत युक्रेनी ट्याङ्क, तोपखाना, विद्युतीय युद्ध प्रणालीका आधार केन्द्र र आपूर्ति गोदामहरू नष्ट गरिएको रूसी दाबी छ। साथै, रूसी हवाई प्रतिरक्षाले युक्रेनका ६ हवाई–नियन्त्रित बम, १ नेप्च्यून लामो दूरीको क्षेप्यास्त्र र १९१ ड्रोन खसालेको जनाएको छ।
तर, युक्रेनी सशस्त्र बलको जनरल स्टाफले भने आफ्ना विशेष फौजले क्राइमियामा अपरेशन सञ्चालन गरी रूसी सेनाको युद्ध आपूर्ति प्रयोजनका रसद पूर्वाधार निष्क्रिय बनाएको जनाएको छ।
युक्रेनले आफ्ना दुईओटा गाउँहरु रूसी नियन्त्रणमा पुगेको दाबीलाई अस्वीकार गर्दै ती क्षेत्रमा रूसी अग्रगमन रोकिएको र लडाइँ अझै जारी रहेको स्पष्ट पारेको छ। दुवै पक्षका ताजा दाबीहरूले युद्धभूमिमा संघर्ष अझै तीव्र बनेको संकेत गरेका छन्।
सीसीटीभी
No ads found for this position


डिसी नेपाल
Facebook Comment