अमेरिकाले भारतीय बस्तुमा आजदेखि ५० प्रतिशत कर लगायो

डिसी नेपाल
११ भदौ २०८२ १०:३७
48
Shares

काठमाडौं। संयुक्त राज्य अमेरिकाले भारतबाट आयात हुने बस्तुमा आजदेखि ५० प्रतिशत कर लगाएको छ।

अमेरिकी सरकारले भारतीय सामान आयातमा २७ अगस्ट बिहान साढे ९ बजेदेखि थप २५ प्रतिशत अतिरिक्त कर लगाउन सुचना जारी गरेको छ। यस अघि अमेरिकाले भारतीय बस्तु आयातमा २५ प्रतिशत कर लगाउँदै आएको थियो।

अमेरिकाले भारतबाट आयात हुने कपडा, गहना, छाला उत्पादन, मेसिनरी, फर्निचर र सामुद्रिक वस्तुमा थप २५ प्रतिशत शुल्क लगाउँदै कुल ५० प्रतिशत शुल्क असुल्ने घोषणा गरेको छ।

औषधि, इस्पात, तामा, एल्युमिनियम र यात्रुवाहक सवारी साधनमा भने यो अतिरिक्त शुल्क लागू हुनेछैन। यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अगस्ट ६ मा जारी कार्यकारी आदेशअनुसार भारतले रुसबाट सस्तोमा पेट्रोलियम पदार्थ खरिद गरिरहेको आरोपमा लिइएको हो।

भारतीय उद्योगी र निर्यातकर्ताले अमेरिकाको कदमले निर्यातमा ठूलो ह्रास ल्याउने र नाफामा प्रत्यक्ष असर पार्ने बताएका छन्। भारतको वाणिज्य मन्त्रालयले निर्यातकर्तालाई जोगाउन उपाय गर्ने आश्वासन दिएको छ, तर अहिलेसम्म अमेरिकाविरुद्ध प्रतिशोधात्मक कदम उठाएको छैन।

प्रधानमन्त्री नरेन्द्र मोदीले दबाब सहँदै पनि किसान र साना व्यवसायीलाई हानी हुन नदिने प्रतिबद्धता जनाएका छन्। रिजर्भ बैंकका गर्भनरले शुल्कको समग्र अर्थतन्त्रमा न्यून प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन् भने विदेशमन्त्री एस. जयशंकरले ट्रम्पको कदमलाई “अन्यायपूर्ण र अव्यावहारिक” भन्दै कुनै सम्झौता नगर्ने अडान दोहोर्याएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *