इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा बनाउन लेखक संघको माग

डिसी नेपाल
१२ भदौ २०८२ १५:५८
64
Shares

काठमाडौं । नेपाली लेखक संघले नेपालमा चल्ने सवारीसाधनमा जडान गरिने इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा एवं देवनागरी लिपिमा हुनुपर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। संघका अध्यक्ष वियोगी बुढाथोकी र महासचिव सोझो गाउँलेले बुधबार विज्ञप्ति प्रकाशित गर्दै यस्तो माग गरेका हुन्।

‘नेपालभित्र दर्ता भएका सवारी साधनहरूमा जडान गरिने इम्बोस्ट नम्बर प्लेट अङ्ग्रेजी भाषामा हुनुपर्ने भन्ने सरकारको निर्णय अझै यथावत् रहेको र कार्यान्वयनमा समेत लग्न खोजेको विषयप्रति नेपाली लेखक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ संघको विज्ञप्तिमा भनिएको छ।

लेखक संघले सुरुदेखि नै सरकारको यस निर्णयप्रति असहमति जनाउँदै आएको विज्ञप्तिमार्फत स्मरण गराइएको छ।

‘नेपालीमा नभई अंग्रेजीमै नम्बर प्लेट राख्नुपर्ने कुराले नेपालमै नेपाली भाषाको अवमूल्यन गरेको छ। नेपाली भाषा नेपालको साझा सम्पर्कको भाषा हो। नेपालको संविधान २०७२ ले नेपाली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा स्वीकार गरेको छ’, विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *