इमरान खानले पाकिस्तानी सेना प्रमुखलाई ‘सत्ताको भोको’ र ‘तानाशाह’ भने
काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले बुधबार पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल असीम मुनीरमाथि गम्भीर आरोप लगाएका छन्।
उनले भने – मुनीर “सत्ताको भोको” थिए र देशमा “सबैभन्दा खराब प्रकारको तानाशाही” चलाउँदै थिए।
इमरान खानले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, “सेना प्रमुख असीम मुनीर सत्ताको भोका छन्, त्यसैले उनले पाकिस्तानमा सबैभन्दा खराब तानाशाही लागू गरेका छन्। मुनीरले न नैतिकता बुझ्छन् न इस्लाम।”
उनले भने, “असिम मुनीरले मसँग (मे ९, २०२३ को दंगाको लागि) माफी माग्नुपर्छ। मे ९ को घटनाको षड्यन्त्र रच्ने र सीसीटीभी फुटेज चोर्ने उनी नै थिए।”
इमरान खान अगस्ट २०२३ देखि जेलमा छन् र धेरै मुद्दाहरूको सामना गरिरहेका छन्।
खानले भने, “देशमा कुनै हाइब्रिड प्रणाली छैन। जे छ त्यो असीम मुनीरको तानाशाही हो। त्यसैले ट्रम्पले शाहबाज शरीफको सट्टा असीम मुनीरलाई बोलाए।”
इमरान खानले राजनीतिसँग कुनै सम्बन्ध नभए पनि आफ्ना दुई भतिजासहितका आफन्तहरूलाई अपहरण गरिएको आरोप पनि लगाए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment