कविता : नेपाललाई पर्यटकीय नगरी बनाउँ

लक्ष्मी लम्साल खनाल
१३ भदौ २०८२ ७:१९
68
Shares

हामीलाई लाग्छ हाम्रै देशको माया
लोभी आँखा पर्न नदिउँ सत्रुको छायाँ
विदेशी भूमीमा नेपालको गुणगान गाउने बनाऊँ
पर्यटकलाई नेपालको बस्ती-बस्तीमा भित्र्याऊँ
विदेशिएकाहरूलाई स्वदेशमै रोजगार दिलाउँ
नेपाललाई पर्यटकीय नगरी बनाउँ।

आ-आफ्नै धर्म, परम्परा र रीतिरिवाज जनाउँ
सबै एकजुट भई बलियो देश बनाउँ
समता र समानतामा कामको बाँडफाँट गरौं
तेरो-मेरो नभनी देशकै निमित्त परिश्रम गरी मरौं
विदेशिएकाहरूलाई स्वदेशमै रोजगार दिलाउँ
नेपाललाई पर्यटकीय नगरी बनाउ।

घुसखोरीलाई सजाय दिन बलियो कानुन बनाउँ
अन्यायमा परेकाहरूलाई न्याय दिलाउँ
दिन दु:खीहरूको चोटमा मलम लगाउँ
गरिबीहरूलाई राहत दिलाउँ
विदेशिएकाहरूलाई स्वदेशमै रोजगार दिलाउँ
नेपाललाई पर्यटकीय नगरी बनाउँ।

परिश्रमको फल आफ्नै देशमा पुर्याउँ
देशको आर्थिक पाटोलाई बलियो बनाउँ
आफ्नै चार्ड पर्व र संस्कृतिलाई मनाउँ
देश- बिदेशमा हाम्रो सानो नेपाललाई चिनाउँ
विदेशिएकाहरूलाई स्वदेशमै रोजगार दिलाउँ
नेपाललाई पर्यटकीय नगरी बनाउँ

बादल पारिको देशमा

नेपाल आमाको सन्तान छन् बादल पारिको देशमा
देशको सम्झना मेटाउन उनीहरू छन् नेपाली भेषमा
नेपाल आमा सिकिस्त बिरामी भएकी छिन् देखेर देश सुनसान
देश बाँजो बस्यो भन्दै निद्रामा थालेकी छिन् बरबराउन।

हिमाल , पहाड र तराई सबै छन् मानसिक चोटमा
बादल पारिको देशबाट हेर्न चाहन्छन् आमाको मुस्कान ओठमा
आमाको सामुन्ने लागेका छन् शत्रुले गोली तेर्साएर तड्पाउन
देशमा ती शत्रु पस्दै छन् सीमा नागेर जमिन हडप्न।

आमा आफ्ना सन्तानलाई देश फर्कन गर्दै छिन् आह्वान
सन्तान घर फर्क तिम्री आमा छिन् खोजीमा लक्काजवान
गाउँ- गाउँ बाट उठ बस्ती बस्तीबाट उठ भन्नेहरू पनि छन् बादल पारिको देशमा
देशको मायामा चुर्लुम्म डुबी उनीहरू छन् नेपाली भेषमा।

यदि प्रदेशमा गरे जस्तो काम गर्नै हो भने देशमा
मिल्छ परिश्रमको फल विदेशमा जस्तै स्वदेशमा
आमाको घाउ सन्चो हुने गरि जानु लगाईदिन मलम
बिरामी आमा तंग्रिइन् भने देशको तर्फबाट लाखौं- लाख तोपको सलाम॥

क्यालगरी/ क्यानडा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *