नेपाल र बंगलादेशबीचको खेलमा एन्फाले १० हजार टिकट बिक्रि गर्ने
काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्रि गर्ने भएको छ।
बिहीबार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै एन्फाले नेपाल र बंगलादेशबीच २१ र २४ भदौमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि सामान्य प्याराफिट तर्फ ९ हजार र भिआइपीतर्फ एक हजार वटा टिकट बिक्रि गर्ने जनाएको हो। यसअघि एन्फाले सामान्य प्याराफिट तर्फ ७ हजार वटा टिकट बिक्रि गर्ने जनाएको थियो।
मैत्रीपूर्ण खेलका लागि भीआइपीतर्फको टिकट १ हजार र सामान्य पारापिटतर्फको टिकट मूल्य ५ सय रूपैयाँ तोकिएको छ।
दुवै खेलको विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए। यदि दुवै खेलबाट समग्रमा नजिता नआए दोश्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत बिजेता तय गरिने उनले बताए।
उनले मैत्रीपूर्ण फुटबलका लागि सबै तयारी पुरा भएको उल्लेख गरे। प्रतियोगिताको अनुमानीत बजेट रु १ करोड २७ लाख ५८ हजार रहेको एन्फाले जनाएको छ।






डिसी नेपाल





Facebook Comment