कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
फाइल फाेटाे।
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन्।
आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment