रुसले युक्रेनमा ८०० भन्दा बढी ड्रोन-मिसाइल प्रहार गरेको दाबी

डिसी नेपाल
२२ भदौ २०८२ १६:२२
52
Shares

काठमाडौं । युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले आइतबार बिहान किभको क्याबिनेट भवनमा आक्रमण भएको आधिकारिक रूपमा पुष्टि गरेकी छिन्। यो भवनलाई लक्षित गरिएको यो पहिलो पटक हो।

युक्रेनी वायुसेनाले रातभरि गरिएका आक्रमणहरूमा रुसले ८०५ ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको बताएको छ। जसमध्ये ७५१ वटा हावामै खसालिएको थियो।

वायुसेनाको अनुसार, ९ वटा मिसाइल र ५६ वटा ड्रोन ३७ स्थानमा खसेका थिए भने तिनका भग्नावशेष आठ स्थानमा खसेका थिए।

बीबीसीकी पूर्वी युरोप संवाददाता सारा रेन्सफोर्ड किभमा छिन्। उनले आइतबार बिहान इन्डिपेन्डेन्स स्क्वायर पछाडिबाट आकाशमा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्।

त्यसको केही समयपछि, उनले दुईवटा रूसी क्रूज मिसाइलहरू धेरै तीव्र गतिमा उडिरहेको देखिन् र त्यसपछि विस्फोटको आवाज सुनिन्।

रूसी मिसाइल र ड्रोनहरूले शहरको केन्द्रमा सिधै आक्रमण गर्नु असामान्य कुरा हो। यस क्षेत्रमा युक्रेनको वायु रक्षा प्रणाली धेरै बलियो छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *