प्रहरीको निषेधित क्षेत्र तोडेर संसद् भवनभित्र छिरे जेन-जी

डिसी नेपाल
२३ भदौ २०८२ १२:४६
220
Shares

काठमाडौं। भ्रष्टाचार विरुद्धमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।

उनीहरूले नेपाल प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवनभित्र प्रवेश गरेका हुन्। आन्दोलन क्षेत्रमा रहेका नेपाल न्युज बैंककर्मीका अनुसार आन्दोलनकर्मीहरु संसद भवनको गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन्।

भित्र प्रवेश गर्ने क्रममा आन्दोलनकर्मीहरुले संसद् भवनको गेट समेत भत्काएका छन्। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *