राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि
काठमाडौं। अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नेपाली भएकोमा आफूलाई लाज महसुस गरेको बताएका छन्।
मंगलबार सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका उनले नेतृत्वले युवालाई आशा लाग्दो भविष्य दिन असफल मात्र नभई उनीहरूको वर्तमान पनि खोसेको आरोप लगाएका छन्।
जेन–जी आन्दोलन हिंसात्मक बन्दा १९ जनाको ज्यान गएपछि उनको यस्तो भनाइ आएको हो।राजनीतिक वा सामाजिक विषयमा कमै बोल्ने उनले सोमबार सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्, ‘हामी एक राष्ट्रको हैसियतले युवालाई आशा लाग्दो भविष्य दिन असफल भएका छौं।अझै उनीहरूको वर्तमान पनि खोसिरहेका छौं। मअहिले विदेश यात्रागर्दैछु, तर नेपाली भएकोमा यति ठूलो लाजले कहिल्यै महसुस गरेको थिइनँ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment