आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा आगजनी
काठमाडौं। जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन्।
मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो। केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन्।
काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ।
जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment