स्पोर्टस् अवार्ड स्थगित
काठमाडौं। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण स्थगित भएको छ।
यही भदौ २८ र २९ गते पोखरामा आयोजना हुने भनिएको उक्त अवार्ड पछिल्लो घटनाक्रमका कारण देशको अवस्था असामान्य भएकाले अवार्ड स्थगित गरिएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए।
उनले जेनजी पुस्ताको आन्दोलन र देशमा सिर्जित पछिल्लो घटना क्रमका कारण देशको अवस्था सामान्य नभएकाले अवार्ड तत्काललाई स्थगित गरिएको बताए।
मञ्चका अध्यक्ष अधिकारीले स्थिति सहज भएपछि स्पोर्टस् अवार्ड आयोजनाको आगामी मिति तय गरिने जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment