जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको अन्त्येष्टि (तस्बिरहरू)

डिसी नेपाल
३१ भदौ २०८२ १६:००
60
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो।

मृत्यु भएकाहरू मध्ये चारजनाको पशुपतिमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गरिएको छ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल सहभागी भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *