दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

डिसी नेपाल
३१ भदौ २०८२ १७:०८
28
Shares

रामेछाप । दोलखाको विगु गाउँपालिकामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दुर्घटनामा विगु गाउँपालिका–६ आलम्पुका करिब ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जानकारी दिएको छ।

सोही ट्याक्टरमा सवार आलम्पुका ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पलबहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन्।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सिंगटीतर्फ पठाइएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए।

प्रदेश १–०१००१ त ८८७२ नम्बरको ट्याक्टर बिहान करिब ११ बजे आलम्पुस्थित ढुंगाखानीतर्फ जाँदै गर्दा कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्याक्टरमा सो समयमा चार जना सवार थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *