कविता : नेता
ए नेता
तिमीले गरेको गल्तीले यहाँ
आन्दोलनकारी मारिन्छ
पुलिस पनि मारिन्छ
आखिर दुबै नेपाली दाजुभाइ र दिदीबहिनी
तिमीले घूस खाइदिँदा
तिमीले भ्रष्टचार गरिदिँदा
तिमीले कानूनको अवज्ञा गर्दा
यहाँ जूलुस निस्कन्छ
यहाँ आन्दोलन चर्किन्छ
कसैका छोराछोरी मारिन्छन्
कसैका नाती नातिनी मारिन्छन्
आखिर सबै नेपाली
एकापट्टी देशका सम्पत्तिका संरक्षक
प्रहरीको बर्दी लगाएर
अर्कापट्टी भ्रष्टचारका बिरोधी
सुशासनको आवाज बुलन्द गरेर
नलड्नुपर्ने लडाइँ
लडनैपर्ने बाध्य पारिन्छ
आफ्नै नेपाली दाजुभाइ
एकआपसमा लडेपछि
जताततै रगतको खोलो बग्छ
देश पनि जलेर स्वाहा हुन्छ
परिवार पनि उजाडिएर आँसु बग्छ
यो सबै
तिमी नेताकै गल्तीले
नियम विपरित भरेको खल्तीले
पद र पैसाको चुरीफुरीले
लोभ लालच र दुष्कर्मले
अहंपनाको घमण्डले
त्यसैले कृपया नेताहरु
कर्मठ र मेहनती बन्नु
इमानी र सत्यवादी बन्नु
कहिले घूस नखानु
कहिले भ्रष्टचार नगर्नु
नियम कानून पढेर बुझेर
सधैँ देश र जनताको हित गर्नु
यस्तो असल काम गर्नु कि
सधैँ जनताको दिलभित्र बस्नु
लस एन्जेलस
No ads found for this position


Facebook Comment