माओवादीले केन्द्रीय समिति बिघटन गरेर महाधिवेशन आयोजक समिति बनाउने

डिसी नेपाल
५ असोज २०८२ २०:३४
132
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति बिघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ।

आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले केन्द्रीय समिति विघटन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

असोज ९ गते माओवादी केन्द्रको केन्द्रीय समितिको आकस्मिक बैठक राखिएको पनि उनले जानकारी दिए।

उनले भने, ‘मौजुदा केन्द्रिय समिति विगठन गरी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रिय समितिमा लैजाने, नेतृत्वको हस्तान्रणबारे विचार, विधि र प्रक्रियाबारे प्रारम्भिक छलफल भयो। आगामी कार्यक्रममा बारेमा पनि विस्तृत छलफल भएको छ त्यसको विस्तृत प्रस्ताव केन्द्रिय समितिमा लैजाने निर्णय भएको छ।’

पार्टीको स्थायी समितिको बैठक भने असोजको ८ गते बस्ने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *