एसिया कप : आज भारत र बंगलादेश भिड्ने

डिसी नेपाल
८ असोज २०८२ १०:५४
48
Shares

काठमाडौं। एसिया कपको सुपर फोरमा आज भारत र बंगलादेश भिड्ने भएका छन्।

यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरमा बुधबार साँझ ८ः१५ बजे सुरु हुने खेलमा भारत र बंगलादेश भिड्ने भएका हुन्।

आजको खेलको जितले सुपर फोरमा पुग्ने टिमको टुंगो लाग्नेछ। गएराति भएको खेलमा पाकिस्तानले श्रीलंकालाई पाँच विकेटले पराजित गरेको छ। सुपर फोरमा श्रीलंका भने अंकबिहीन छ। श्रीलंकाले अन्तिम खेल भारतसँग खेल्नेछ। पाकिस्तानले दुई खेल खेल्दा दुई अंक जोडेको छ।

आठ टिम सहभागी एसिया कपबाट आयोजक यूएई, हङकङ, ओमान र अफगानिस्तान समूह चरणबाट बाहिरिएपछि भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका सुपर फोरमा पुगेका हुन्। सुपर फोरका शीर्ष टिमले एसिया कपको फाइदा सेप्टेम्बर २८ तारिखमा खेल्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *