विधिपूर्वक गरियो कात्यायनी देवीको पूजाआराधना

डिसी नेपाल
१२ असोज २०८२ १७:५७
16
Shares

काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ।

‌‌‌प्र‌‌त्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौ दिन कात्यायनीको विधिपूर्वक पूजाआराधना गर्ने गरिए पनि यस वर्ष चौथी तिथि वृद्धि भई दुई दिन परेकाले सातौ दिनमा पूजा गरिएको हो

कात्यायनी देवीको उत्पत्तिका सम्बन्धमा रहेको यस्तो किंवदन्तीअनुसार कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिइछन् कात्यायनीको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गर्छन् यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पुराणमा उल्लेख छ कात्यायनीको प्रतिमा लक्षणमा शार्दूलवाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी हुन्छन् तिनै देवीको आज विधिपूर्वक पूजाआराधना गरिएको हो

नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसै घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो दोस्रो दिन मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो चौथो दिन बिहीबार र पाँचौँ दिन शुक्रबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो पाँचौ दिन पनि चौथी वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजाआराधना गरिएको हो छैटौँ दिन शनिबार स्कन्दमाताको पूजाआराधना गरिएको थियो

सातौ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *