सहिद गौरव जोशीका परिवारलाई १५ लाख भुक्तानी

डिसी नेपाल
१२ असोज २०८२ २०:३०
56
Shares

धनगढी । जेनजी आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाउनु भएका धनगढीका सहिद गौरव जोशीका परिवारलाई क्षतिपूर्तिस्वरुप १५ लाख रुपियाँ भुक्तानी गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले सहिद जोशीका परिवारलाई आज क्षतिपूर्ति रकम भुक्तानी गरेको हो। गृह मन्त्रालयमार्फत प्राप्त रकम सहिद जोशीका आमा माया जोशीको खातामा भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले क्षतिपूर्ति रकम भुक्तानी गरिएको पत्र सहिद परिवारलाई हस्तान्तरण गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *