तुइन खोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
काठमाडौं । सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पु्नः अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका– ५ स्थित तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा आज दिउँसोबाट दुईतर्फी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि तीन दिनपश्चात यातायात सुचारु भएको थियो। तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारू हुने जनाइएको छ।
पहिरो अवधिभरि रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरि सावधानीपूर्वक रहन कार्यालयले अनुरोध गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment