उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा राजमार्गमा सवारी चाप
काठमाडौं। दशैंको फूलपातीका दिन उपत्यकाबाट बाहिरिने सर्वसाधारणको संख्या बढ्दा विभिन्न राजमार्गमा सवारी चाप बढेको छ।
बिपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग लगाएतका राजमार्गमा सवारी चाप बढेको हो। बितेका २४ घण्टामा काठमाडौं उपत्यकाबाट एक लाख ११ हजार सर्वसाधारण बाहिरिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि फूलपातीसम्म करिब पाँच लाख सर्वसाधारणले काठमाडौं छाडेका छन्।
अधिकांश सडकमा ट्राफिक जामले यात्रीलाई गन्तव्यमा पुग्न समस्या भएको यात्रुहरुले गुनासो गरेका छन्। ट्राफिक प्रहरीले आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरेर निर्वाध यात्राको व्यवस्था मिलाइएको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment