हेलिकप्टरबाट सप्तरीको कंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

डिसी नेपाल
१५ असोज २०८२ २१:२८
40
Shares

राजविराज (सप्तरी)। नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ।

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको हो। विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको छ।

ककालिनी मन्दिरमा महानवमीका दिन आज यहाँ राँगा बलि दिने चलन छ।  राँगा बलिका लागि हालसम्म ५९० आइपुगेको मन्दिर विकास समितिले जनाएको छ। आज यहाँ पनि ठूलो मेलासमेत लागेको छ।

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा समेत आज पुष्प वृष्टि गरिएको छ। गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *