बाढी र पहिरोका कारण चार राजमार्ग अवरुद्ध
फाइल तस्विर
काठमाडौं । लगातारको वर्षासँगै खसेको पहिरोका कारण कोशी र बागमती प्रदेशका चार प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
कोशी प्रदेशमा संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुण क्षेत्रमा जेठ ६ गतेदेखि र मकालु गाउँपालिका–३, एकुवामा भदौ १५ गतेदेखि कोशी राजमार्ग बन्द छन्।
यस्तै, बागमती प्रदेशको रसुवा जिल्लामा पनि यातायात अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ मा असार २४ गतेको बाढीले नेपाल–चीन जोड्ने पुल भत्काएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, सोही गाउँपालिकाको पासाङ ल्हामु सडक खण्ड असार १६ गतेदेखि गएको पहिरोले अवरुद्ध बनेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment