दीपिका र रणबीरको भेटले उत्साहित प्रशंसक
एजेन्सी। बलिउड स्टार दीपिका पादुकोण र रणबीर कपूर हालैको एक दिन मुम्बई विमानस्थलमा सँगै देखिएको दृश्यले चर्चा पाएको छ।
‘ये जवानी है दिवानी’ र ‘तमाशा’ जस्ता फिल्महरूमा अनस्क्रिन केमेस्ट्रीका लागि परिचित यो जोडीको गतिविधिले शुभेच्छुकहरु उत्साहित रहेको एएनआइले लेखेको छ।
दीपिका आकर्षक अफ-ह्वाइट पहिरनमा सजिएकी र रणवीर, सेतो टी–शर्टमाथि क्याजुअल ब्राउन ज्याकेट एवम चश्माले उनीहरु निकै रोमान्चक देखिन्थे।
यो पुनर्मिलन दीपिकाले फिल्म कल्की २८९८ एडीबाट बाहिरिने घोषणा गरेको केही समयपछि भएको हो। यसैबीच, रणबीरले लभ एण्ड वार र रामायण लगायत विभिन्न परियोजनाहरूमा काम जारी राखेका छन्।
उनीहरूको छोटो तर मार्मिक भेटले ‘ये जवानी है दिवानी’को सम्भावित सिक्वेलको बारेमा छलफललाई पुनः सुरु भएको छ। प्रशंसकहरूले अनस्क्रिन जोडीको पुनर्मिलनका लागि उत्सुकतापूर्वक आशा गरिरहेका छन्।(एएनआइ)

No ads found for this position

डिसी नेपाल
Facebook Comment