उ‌द्धार, राहत र पुनर्स्थापनाको कार्यमा जुट्न कांग्रेसको अपिल

डिसी नेपाल
१९ असोज २०८२ १९:५७
32
Shares

काठमाडौं नेपाली कांग्रेसले बाढीपहिरोका कारण इलाम लगायतका जिल्लामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ। कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै थप तदारुकताको अपिल गरेको छ।

भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको छ सबैभन्दा बढी इलाम र त्यसपछि रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको मृत्युका घटनाप्रती नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ, कांग्रेसले विज्ञप्ति जारी गर्दै भनेको छ।

थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेवकहरूमा अपिल गरेको छविपदको यो घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरुको सुरक्षामा सहयोग गर्नु हामी सबैको कर्तव्य हो यो कर्तव्यमा अझ ऐक्यबद्ध भएर उ‌द्वार, राहत र पुनर्स्थापनाको कार्यमा प्रवल ढंगले सहभागी हुन सबै राजनैतिक दल, भातृ संस्थाहरू, स्थानीय निकायमा रहेका जनप्रतिनिधिहरू र स्थानीय स्वयंसेवकहरूलाई अपिल गर्दछौँ, कांग्रेसले भनेको छ

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पार्टीका सबै भातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको विपद् केन्द्रित विशेष बैठक बसेको थियो महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकले विपदसँग जुध्न भातृ संस्थामा आबद्ध युवाहरूको स्वयंसेवी समूहमार्फत कार्य गर्ने निर्णय गरेको छ ठाउँठाउँमा भातृ संस्थाका स्वयंसेवक स्थानीय रूपमा परिचालित भइसकेको कांग्रेसले जनाएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *