जुम्लामा गाडीभित्र एक युवक मृत फेला

डिसी नेपाल
२४ असोज २०८२ ७:४४
20
Shares

मुगु। जुम्लामा गाडीको कोलियामा एक युवक मृत अवस्थामा फेला परेका छन्। गाडीको कोलियामा जुम्ला हिमा गाउँपालिका-१ आर्चायका २२ वर्षीय गणेश रावत मृत अवस्थामा भेटिएका हुन्।

बुधबार साँझ करिब ८ः३० बजे जुम्ला जिल्लाको हिमा गाउँपालिका-१ आर्चायमा मुगुबाट सुर्खेततर्फ जाँदै गरेको एसएलएम गाडी (क.प्र. ०२००१ख ११८०) मा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको र प्रारम्भिक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक ( डिएसपी ) रबिन बाबू रेग्मीले जानकारी दिएका छन्।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल जुम्ला लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *