वासिंटनस्थित नेपाली डायसपोराबाट गाजामा युद्धविराम गर्न अनुरोध

डिसी नेपाल
२५ असोज २०८२ ९:२९

वासिंटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको गाजा युद्ध अन्त्य योजना कार्यान्वयन गर्न इजरायल र हमासबीच सहमतिका र ४८ जना इजरायली बन्धकको ससम्मान रिहाइका लागि अनुरोध गरिएको छ।

गत आइतबार, अक्टूबर ५ मा वासिंटन डिसीस्थित फ्रिडम पार्कमा नेपाली डायसपोराको तर्फबाट अमेरिका स्थित अमेरिकी नेपालीहरुले युद्धविराम र बन्दी रिहाई सम्बन्धित विभिन्न नाराहरु लेखिएका प्लाकार्ड र ब्यानरहरुका साथमा अमेरिकी र नेपाली राष्ट्रिय झण्डा फहराउँदै बन्दी बनाइएका नेपाली नागरिक बिपिन जोशीलगायत सबै ४८ जना बन्दीको निशर्त र सम्मानजनक रिहाई गर्नका लागि इजरायल र हमाससँग अनुरोध गरिएको छ।

आयोजित यस बिशेष प्रत्यक्ष प्रसारण कार्यक्रममा प्रार्थना सभासहित बिभिन्न व्यक्तिबाट गाजा युद्ध र बिपिन जोशीलगायतका बन्दीहरु रिहाई सम्बन्धित विषयमा मन्तव्य समेत राख्ने कार्य सम्पन्न भएको थियो।

यस कार्यक्रमको संयोजन वरिष्ठ समाजसेवी एवं संचारकर्मी कबिन्द्र सिटौलाले गरेका थिए भने बिशेष र विस्तृत मन्तव्य Town of Indian Head, MD, USA का Vice Mayor Mr. Kiran (Ron) Sitoula, उत्तर अमेरिकी नेपालीहरुको प्रथम र वृहत् राष्ट्रिय संस्था एसोसिएशन अफ नेपालीज ईन द अमेरिकाज (एएनए) का वर्तमान अध्यक्ष श्री खगेन्द्र अधिकारी साथै उत्तरी भर्जिनिया स्थित स्थानीय नेपाली संस्था America Nepal Helping Society (ANHS) का अध्यक्ष श्रीमती कामना पन्थी अधिकारीले बिपिन जोशीको रिहाईको लागि अनुरोध गर्दै यो हमास र इज़रायल बिचको युद्धविराम गर्नको लागि प्रार्थनासहित अनुरोध गर्नु भएको थियो।यस कार्यक्रमको प्रत्यक्ष प्रसारण भएको थियो।

https://www.facebook.com/share/v/15wU5Pn2DV/

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available right now.