विपिन जोशीको सम्झनामा माइतीघरमा गरियो दीप प्रज्वलन
काठमाडौं । जेनजी युवाहरूले इजरायलमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा दीप प्रज्वलन गरेका छन्।
जेनजी अभियन्ता रक्षा बम लगायतका युवाहरूले जोशीको स्मृतिमा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका हुन्।
विपिन अक्टोबर ७, २०२३ देखि हमासको कब्जामा थिए। अध्ययनका लागि इजरायल गएका जोशीलाई दुई वर्षअघि हमासले अपहरण गरेर गाजातर्फ लगेको थियो।
सोमबार हमासले उनीसहित ४ जनाको मृत्यु पुष्टि गर्दै शव बुझाउन लागिएको जानकारी दिएको थियो। इजरायलमा मंगलबार डीएनए परीक्षणपछि इजरायली सेनाले जोशीको मृत्युको औपचारिक पुष्टि गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment