बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो

डिसी नेपाल
३१ असोज २०८२ १६:३२
12
Shares

बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका घडियाल गोही तेस्रो पटक प्राकृतिक बासस्थानमा छाडिएको छ।

निकुञ्ज भित्रको खौराहा खोलामा पाँच भाले र पाँच पोथी गरी १० वटा घडियाल गोही छोडिएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धि सागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायकरथी पुरन भक्त घले बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत समेतको टोलीले गोहीलाई प्राकृतिक बास्थानमा छोडेको हो।

बर्दिया निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सरोजमणि पौडेलले छाडिएका गोही ३ देखि ८ वर्ष उमेरका रहेको बताए। हाल प्रजनन केन्द्रमा ठूला एक सय ४० र साना ७० वटागरि दुई सय १० वटा गोहीका बच्चा रहेको उनले बताए।

बर्दिया राष्ट्रिय निकुञ्जमा २०३९ सालमा गोही प्रजनन केन्द्र स्थापना गरिएको थियो। २०७२ सालदेखि घडियाल गोहीको प्रजन प्रक्रियाको सुरुवात भएको थियो।

२०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो। यस अघि बर्दियाको बबई नदिमा १३ र बाँकेको राप्ती ननीमा १० गरि जम्मा २३ ओटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो।

प्रजनन केन्द्रमा हाल २ भाले र ४ पोथी गरि ६ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन्। सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचीकृत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *