जानकी मन्दिरमा पूजापाठसँगै एनपीएल ट्रफी टुर सुरु

डिसी नेपाल
१ कार्तिक २०८२ १३:५०
24
Shares

सर्लाही। नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको क्रममा आज जनकपुरधाममा विशेष कार्यक्रमका साथ ट्रफी प्रदर्शनी गरिएको छ।

सातै प्रदेशमा आयोजना भइरहेको ट्रफी टुर कार्यक्रम अन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज जानकी मन्दिरमा विधिवत पूजापाठ गरी ट्रफी प्रदर्शन सुरु गरिएको हो।

जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजक टोलीले मन्दिर प्रांगणमा निर्माण गरिएको विशेष मञ्चमा ट्रफी प्रदर्शन गरेको थियो। त्यसपछि ट्रफीलाई नगरका विभिन्न प्रमुख स्थलहरूमा र्‍यालीसहित घुमाइएको जनाइएको छ।

जानकी मन्दिरबाट सुरु भएको ट्रफी यात्रा राम मन्दिर, मुरलीचौक, जिरो माइल, रामानन्द चौक, पिडारी चौक, मिल्स एरिया, भानु चौक, कदम चौक हुँदै पुनः मुरलीचौक र जिरो माइल पार गर्दै बस स्ट्यान्डस्थित होटलमा सम्पन्न गरिने छ। नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले विजयी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available right now.