लघुकथा : सिंहदरवार

ईश्वर पोखरेल
२ कार्तिक २०८२ १२:५१
80
Shares

गाउँमा हामीले जजसलाई जितायौं, तिनीहरूमा केहीले जिल्लाको सदरमुकाममा घर किने, केहीले घडेरी जोडे।

हामीले ज-जसलाई प्रदेशमा जितायौं, तिनीहरूमध्ये धेरैले काठमाडाैंमा घर किने। किन्न बाँकी जो थिए, तिनले पनि परिवार काठमाडाैंमै राखे, तिनले पनि बसोबासका लागि काठमाडाैं नै रोजे।

गाउँमा हामी केही उत्साहित युवाहरू थियौं। हामीले संघीयताको सफलताको कामनासहित उही नारा दोहोर्‍यायौं-‘गाउँ-गाउँमा सिंहदरवार।’

हामीसँगै संघीयताको अभ्यास भोगेका एकजना नेपाली सरलाई भाषा सम्पादन गर्न दिएको।

सरले थोरै संशोधन गरिदिनु भएछ।

र, संशोधित रूप यस्तो भएछ-‘गाउँ-गाउँबाट सिंहदरवार !’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *