कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

डिसी नेपाल
६ कार्तिक २०८२ ९:३३
20
Shares

काठमाडौं । कर्णाली याक्स स्पोट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपीएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाडै समर्थकमाझ पुर्‍याउने योजना रहेको बताएका छन्।

कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ। जसले कर्णाली प्रदेशको भौगोलिक र सांस्कृतिक महत्व पनि राख्नेछ।

दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *