फिल्म ‘परिवर्तन’को जापान, कतार र यूएई प्रदर्शन अधिकार बिक्री
काठमाडौं। निर्देशक बिजय केरुङ निर्देशित बहुप्रतिक्षित नेपाली फिल्म ‘परिवर्तन’ विदेशी प्रदर्शन अधिकार धमाधम बिक्री हुन थालेका छन्। टिजर रिलिजसँगै कतार,यूएई र जापानमा विक्री भएको हो। कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्टले खरिद गरेको हो भने जापान अधिकार युना इन्टरटेनमेन्टले किनेको निर्माता दीपक सिवाकोटीले बताए।
उनले अहिले फिल्मको प्रदर्शन अधिकार जापान, यूएइ र कतारमा विक्री भइसकेको र अन्य देशका लागि समेत कुराकानी भइरहेको बताए। ‘अहिले तीन देशमा फिल्मको राइट्स विक्री भइसकेको छ। अन्य देशमा पनि कुराकानी भइरहेको छ। सायद केहि दिनमा नै यसबारेमा जानकारी दिनेछाैं,’निर्माता सिवाकोटीले भने।
विदेशी बजारमा अधिकार बिक्री भएसँगै ‘परिवर्तन’प्रति दर्शक र वितरकको उत्साह बढेको देखिन्छ। निर्देशक केरुङका अनुसार यो फिल्म नेपाली सिनेमालाई नयाँ स्तरमा पुर्याउने प्रयास हो। देश परिवर्तनको सन्देश बोकेको फिल्म ‘परिवर्तन’को टिजरमार्फत दर्शकले बुझिसकेका छन्।
निर्माण पक्षले केहि दिनअघि अर्थात छठ पर्वको अवसर पारेर फिल्मको टिजर सार्वजनिक गरेको थियो। देशमा भएको विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देशका बारेमा सोच्ने बेला भएको सन्देश दिएको छ।
यस फिल्ममा अभिनेता सुशिल श्रेष्ठलाई एक्सन हिरोको रुपमा देख्न सकिन्छ। टिजर रिलिज उनको चर्चा समेत चुलिन थालेको छ। निर्माता दीपक सिवाकोटी आफैले लेखेको यो फिल्ममा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे,सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेको हुन् भने संगीत एस.डी. योगीको छ। श्री श्रेष्ठको एक्सन निर्देशन रहेको यो फिल्ममा शिव ढकालको छायांकन,बन्दे प्रसादको सम्पादन रहेको छ। फिल्मको नेपाल भरको हलमा वितरणको जिम्मा आर आर फिल्मस्ले गर्नेछ भने डिजिटल पार्टनर ओएस आर रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment