‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं । आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘हर्ष’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।
शुक्रबार सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन पात्र खगेन्द्र लामिछाने, वर्षा राउत र बाल कलाकार साइमन वादीलाई देखिइएको छ।
पोस्टरले चलचित्र पूर्ण रूपमा पारिवारिक कथामा निर्माण भएको झल्को दिन्छ। खगेन्द्र र वर्षा छोरासँग खुसी भावमा प्रस्तुत छन्।
एकता पौडेलको निर्देशन रहेको चलचित्रमा उनीहरूसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ।
पौडेलको यो निर्देशनमा डेब्यु चलचित्र हो। चलचित्रमा आलोक शुक्लाको छयांकन, समीर हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो।
प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्र काफिया फिल्मस् र डिसिएनले वितरण गर्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment