कविता : खोजीको अर्थ
सभ्यताको खोजीमा समाज बिगारियो भने
खोजीको अर्थ र तिनका महत्वनै के हुन्छ र
नियमको खोजीमा नियमनै बिगारियो भने
शासनको अर्थ र तिनको महत्वनै के हुन्छ र।
शास्त्रको खोजीमा अस्त्रहरूनै बिगारियो भने
खोजीको अर्थ र तिनको महत्वनै के हुन्छ र
गुरूको खोजीमा शास्त्रनै बिगारियो भने
गुरूमन्न्रको अर्थ र तिनको महत्वनै के हुन्छ र।
ज्ञानकोशको खोजीमा शब्दनै बिगारियो भने
खोजीको अर्थ र तिनको महत्वनै के हुन्छ र
शासनको खोजीमा ब्यबस्थानै बिगारियो भने
राज्यको अर्थ र तिनको महत्वनै के हुन्छ र।
शान्तिको खोजीमा शान्तिनै बिगारियो भने
खोजीको अर्थ र तिनको महत्वनै के हुन्छ र
सम्मानको खोजीमा रितीथितीनै बिगारियो भने
ब्यबस्थाको अर्थ र तिनको महत्वनै के हुन्छ र।
इतिहासको खोजीमा इतिहासनै बिगारियो भने
खोजीको अर्थ र तिनको महत्वनै के हुन्छ र
बिश्वासको खोजीमा द्वन्द्व बनाइयो भने
परिवर्तनको अर्थ र तिनको महत्वनै के हुन्छ र।
















Facebook Comment