गजल : जेनजी आन्दोलन

शेखर बस्नेत
१७ कार्तिक २०८२ १९:२५
80
Shares

त्याग तपस्या बलिदान यसरी खेर गयो
मानौं शुद्ध पिउने पानी नालामा बगेर गयो

बाँच्नेहरूले बाँच्नु बाहेक केही गरेनन्
बरु मर्नेहरूको प्राण देश सम्झेर गयो

सुरक्षा कार्यकर्ता शुभचिन्तक कोही गएन
भ्रष्टाचारी भागेर गयो सम्पत्ति जलेर गयो

सानोसानो बहानामा दु:ख दिने प्रहरीलाई
जनताले दया नराखी प्रहरी लखेटेर गयो

दिनभर भ्रष्टाचार विरुद्ध नारा लगाउनेले
बेलुका घर फर्किंदा खेलौना चोरेर गयो

रानो बिनाको मौरी यसैलाई भनिन्छ होला
कमिलाले मारेको हात्ती हुँडारलाई छाडेर गयो।

दरबार सँगै देश जल्यो जंगीअड्डा अगाडि
नमक हराम नेपाली सेना मुख छोपेर गयो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *