राइजीङ कर्णाली अभियान २०८२ प्रारम्भ

डिसी नेपाल
१८ कार्तिक २०८२ १४:३०
36
Shares

काठमाडौं । हिम शक्ती फाउण्डेसनले ‘राइजीङ कर्णाली अभियान २०८२’ सञ्चालन गरेको छ। कर्णालीका १० वटै जिल्लाका बालिका र किशोरीहरूलाई आफ्नो सपना, आवाज र भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको हो।

मं‌सिर र पुष महिनाभर अभियान टोली कर्णालीका गाउँ–बस्तीमा पुग्ने अभियानकी संयोजक सिर्जनासिंह ठकुरी बताइन्। ऊर्जा, सृजनशीलता र नेतृत्व क्षमतासँग प्रत्यक्ष रूपमा जोडिने योजनाका साथ अभियान थालनी गरिएको उनले बताइन्।

‘कर्णालीका सबै जिल्लाबाट ६ देखि १९ वर्ष उमेर समूहका २० जना बालिकाहरू चयन गरिनेछन्। कुल २०० जना बालिका र किशोरीहरू यो यात्राको हिस्सा बन्नेछन्,’ उनले भनिन्।

उनका अनुसार कर्णालीका बालिकाहरूलाई सशक्त बनाउने, उनीहरूलाई सिक्ने, बोल्ने र नेतृत्व गर्ने अवसर प्रदान गर्ने तथा उनीहरूकै आवाजमा कर्णालीको कथा लेख्न लगाउने अभियानको प्रमुख उद्देश्य रहेको छ।

‘यो केवल भ्रमण मात्र होइन, एक सपनाको यात्रा हो। अभियानमा सहभागी भएर २०० बालिकाहरू भोलिका दिनमा समाज रूपान्तरण गर्नेछन्,’ उनले भनिन्। अभियानमा सहभागी हुन चाहने ६ देखि १९ वर्षका व्यक्तिलाई आफूहरूले आह्वान गरेको फारम भर्न आयोजकले अनुरोध गरेको छ। यात्रालाई कर्णाली टुर नाम दिइएको छ।

फारम भर्न यहाँ क्लिक गर्नुहोला


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *