हेटौंडामा पूर्व–पश्चिम राजमार्गको बीचमा बेनामे बोर्ड, स्थानीय हैरान

डिसी नेपाल
१८ कार्तिक २०८२ १४:२७
52
Shares

हेटौंडा । पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा, सुमार्गी कम्प्लेक्सअगाडिको भागमा हालै राखिएको एउटा ‘बेनामे सूचना बोर्ड’ले स्थानीयमा कौतुहलता र प्रश्न उत्पन्न गरेको छ।

सडकको बीच भागमा बाक्लो पोलमा जडान गरिएको उक्त बोर्डमा कुनै पनि सरकारी निकायको नाम, लोगो वा जिम्मेवार संस्था उल्लेख गरिएको छैन।
स्थानीय व्यापारी र सवारी चालकहरूले उक्त बोर्डको स्थान र डिजाइनले सडक सुरक्षामै जोखिम सिर्जना गर्न सक्ने बताएका छन्। ‘राजमार्गकै बीचमा राखिएको छ, रातमा टाढाबाट हेर्दा ठोक्किने डर हुन्छ,’स्थानीय व्यापारी सुरेश पौडेलले बताए।

सडक विभागका एक इन्जिनियरले नाम नखुलाउने सर्तमा भने, ‘सडक बीचमा कुनै पनि संरचना राख्न विभागको अनुमति अनिवार्य हुन्छ। यस्तो बोर्ड आधिकारिक अनुमति बिना राखिएको भए तत्काल हटाउनुपर्ने हुन्छ।’

हालसम्म उक्त बोर्ड कसले राखेको हो भन्ने स्पष्ट भएको छैन। मकवानपुर जिल्ला प्रशासन कार्यालय र सडक विभागले यसबारे अनुसन्धान गर्ने तयारी गरिरहेको जनाइएको छ।

स्थानीयवासीहरूले सम्बन्धित निकायलाई छिटो अनुसन्धान गरी सार्वजनिक ढंगले जानकारी दिन माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *