डा. निकोलस भुसाल पक्राउ

डिसी नेपाल
१८ कार्तिक २०८२ १४:३४
972
Shares

काठमाडौं । विवादित अभिव्यक्ति दिँदै आएका डा. निकोलश भुसाल पक्राउ परेका छन्।

प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध विवादित अभिव्यक्ति दिइरहेका भुसाललाई प्रहरीले गोरखाबाट पक्राउ परेका हुन्।

गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

भुसालमाथि सामाजिक सञ्जालमा अराजक अभिव्यक्ति दिएर हिंसा भड्काउन खोजेको आरोप छ। भुसालले २४ भदौमा पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध अराजक अभिव्यक्ति दिँदै घर जलाउने धम्की दिएका थिए।

गत शनिबार मात्रै उनले सम्वाद डबलीमा पत्रकार सम्मेलन गर्दै २३ भदौमा जेनजी आन्दोलनमा दमनमा संलग्न ओली र तत्कालीन गृहमन्त्री लेखकलाई हत्यारा भएको आरोप लगाएका थिए। नेतालाई सरकारले कारबाही नगरेमा आफ्नो समूहले घरमै आक्रमण गर्ने उनको धम्की थियो।

उनले प्रधानमन्त्री कार्कीलाई ‘हुतिहारा’ भएको आरोप लगाएका थिए। यसका साथै भुसालले आफूलाई कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिँदै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *