सिरियाली राष्ट्रपति अहमद अल-शारा अमेरिका पुगे
काठमाडौं । सिरियाली राष्ट्रपति अहमद अल-शारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेट्न अमेरिका पुगेका छन्।
अहमद अल-शारा पहिले एक इस्लामिक अतिवादी समूहका नेता थिए र अमेरिकाले उनको नाममा १ करोड डलरको इनाम राखेको थियो।
अहमद अल-शाराको नेतृत्वमा सिरियाले आइएसआईएस विरुद्ध अमेरिकालाई सहयोग गर्ने विश्वास गरिएको छ।
सोमबारको बैठकमा सिरियाली र अमेरिकी राष्ट्रपतिहरूले सिरियाको पुनर्निर्माणको बारेमा पनि छलफल गर्नेछन्।
अर्कोतर्फ, अहमद अल-शारा अमेरिका आइपुग्नुअघि सिरियाली गृह मन्त्रालयले तथाकथित इस्लामिक स्टेट (आईएसआईएस) अड्डाहरूमा आक्रमणको घोषणा गरेको थियो।
सिरियाली गृह मन्त्रालयका अनुसार सेनाले देशका धेरै प्रान्तहरूमा आइएसआईएस लुकेका ठाउँहरूलाई लक्षित गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment