चीनले कार निर्माणमा प्रयोग हुने चिप्समाथिको निर्यात नियन्त्रण हटायो
काठमाडौं । चीनको वाणिज्य मन्त्रालयले कार निर्माणको लागि महत्वपूर्ण कम्प्युटर चिप्समाथिको निर्यात नियन्त्रण हटाएको बताएको छ।
यसमा भनिएको छ – चिनियाँ स्वामित्वमा रहेको कम्पनी नेक्सपेरियाले नागरिक प्रयोगको लागि निर्यात छुट दिएको छ।
यसले ती कार निर्माण कम्पनीहरूलाई मद्दत गर्नेछ जो युरोपमा उत्पादनमा असर पर्ने डरमा थिए।
यसका साथै चीनले अर्धचालक उद्योगका लागि महत्त्वपूर्ण केही सामग्रीहरूको अमेरिका निर्यातमा लगाइएको प्रतिबन्ध पनि हटाएको छ।
यो घोषणाले चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार तनाव कम भएको संकेत गर्दछ। चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकअर्काका देशहरूमा लगाइएको कर घटाउन सहमति जनाएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment