एनपीएल: चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ।
बिहीबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो।
चितवनका लागि रवि बोपाराले ६६ रन बनाए भने कुशल मल्लले २१ रन बनाए। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए। यस्तै अविशेष गौतम र गुल्बादिन नैबले समान दुई दुई विकेट लिए।
लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने चितवन राइनोजको यो दोस्रो खेल हो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment