गाजामा इजरायली हवाई आक्रमणमा २२ प्यालेस्टिनीको मृत्यु
काठमाडौं । उत्तरी र मध्य गाजामा इजरायली आक्रमणमा कम्तीमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ। यो जानकारी हमासका मेडिकल र नागरिक रक्षा अधिकारीहरूले दिएका छन्।
अधिकारीहरूले शनिबारको आक्रमण आवासीय क्षेत्रहरू सहित पाँच स्थानमा भएको बताएका छन्। स्थानीय स्रोतहरूले मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमाण्डर पनि रहेको बताएका छन्।
इजरायली सेनाले गाजामा रहेका निशानाहरू शनिबारको घटनासँग सम्बन्धित रहेको बताएको छ।
सेनाका अनुसार एक हतियारधारी व्यक्तिले गाजा पट्टीको पहेँलो रेखा पार गरेर पूर्ण इजरायली नियन्त्रणमा रहेको क्षेत्रमा प्रवेश गरे र सैनिकहरूमाथि गोली चलाएका थिए।
हमासले आरोप अस्वीकार गरेको छ। दुवै पक्षले एकअर्कालाई छ हप्ता अघि भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाइरहेका छन्।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा ३१० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment