फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१४ मंसिर २०८२ १०:५७
2.5k
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० कायम भएको छ। आज चाँदीको मोल पनि बढेर तोलामा तीन हजार ४९० निर्धारण भएको छ।

शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ३४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *