खाडी र मलेसिया जाने नेपाली श्रमिकलाई विशेष छुटको व्यवस्था
काठमाडाैं। नेपाल वायुसेवा निगमले काठमाडौंबाट रोजगारीका लागि दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ।
श्रमिक यात्रुहरूको सर्वसुलभताका लागि नेपालबाट तोकिएको गन्तव्यमा यात्रा गर्दा प्रत्येक उडानमा दशवटा सिटमा साविकको भाडामा १०% विशेष सहुलियत दिने निर्णय गरेको छ।
यस्तो भाडादर श्रम मुलुकमा यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमको नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट सेवा लिन सक्ने निगमले जनाएकाे छ। यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ।
अन्य थप जानकारीका लागि निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेकाे छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment