देश छाडेर भागेकी शेख हसिनालाई पटक पटक थप सजाय

डिसी नेपाल
१६ मंसिर २०८२ १७:३५
124
Shares

काठमाडौं । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्तिको दुरुपयोग र राजधानी ढाकामा जग्गा अधिग्रहण गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको छ।

बीबीसी बंगलाका अनुसार अदालतले उनकी बहिनी शेख रिहानालाई सात वर्ष कडा कारबाही, उनकी छोरी ट्युलिप सिद्दिकीलाई दुई वर्ष कडा कारबाही र एक लाख टाका जरिवानाको सजाय पनि सुनाएको छ।

ढाकाको विशेष न्यायाधीश अदालतले शेख हसिना, शेख रिहाना र उनकी छोरी ट्युलिप रिजवाना सिद्दीकी सहित १७ जना विरुद्ध फैसला सुनायो।

पूर्वाचल नयाँ शहर परियोजनाको लागि सरकारी जग्गा लिएको आरोपमा भ्रष्टाचार निवारण आयोगले यो मुद्दा दर्ता गरेको हो।

यसबाहेक यस मुद्दामा पूर्व आवास तथा सार्वजनिक निर्माण राज्यमन्त्री शरीफ अहमद, सार्वजनिक निर्माण मन्त्रालय, राजुक र प्रधानमन्त्री कार्यालयका १४ जना अधिकारीहरूलाई पनि अभियुक्त बनाइएको थियो।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *