राप्रपाले आज काठमाडौँमा बृहत् प्रदर्शन गर्दै
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाडौँ बृहत् प्रदर्शन गर्ने भएको छ।
राजा, जेनजी र राजनीतिक दलहरूबी त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाले आज काठमाडौँको रत्नपार्कमा प्रदर्शन गर्न लागेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यान्ह १२ बजे प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, आम निर्वाचन अगावै–कसैले नजित्ने, कसैले नहार्ने देशले जित्ने नवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जी लगायतको सर्वपक्षीय सम्मेलन आह्वानको माग गरेका छन्।
यस्तै अन्तर जिल्ला तथा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने राप्रपाको माग छ। यसैगरी जेन्जी आन्दोलनका सहिद परिवार तथा घाइतेहरूको माग पूरा गराउन प्रदर्शन गर्न लागिएको लिङ्देनको भनाइ छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जेन्जी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको बताएका छन्। क रहेको उल्लेख गरे।
No ads found for this position



डिसी नेपाल
Facebook Comment