राप्रपाको जनदबाबमूलक विरोध कार्यक्रम (तस्बिरहरू)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम आयोजना गरेको छ।
शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दू राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गरेको हो।
प्रपाले राजनीतिक दल र जेन्जीबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गरेको जनाएको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले प्रदर्शनका तस्बिर सार्वजनिक गर्दै फेसबुकमा लेखेका छन्, ‘जेनजी विद्रोहका अधुरा लक्ष्यहरू हासिल गरौं। निषेधको राजनीति अन्त्य गरौं। नवीन समझदारीका लागि बाध्य तुल्याऔं।‘

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment