चन्द्र भण्डारीद्वारा सभापतिमा उम्मेदवारी घोषणा

डिसी नेपाल
२४ मंसिर २०८२ १०:२४
3.0k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘साथीहरूको जिज्ञासा मेरो धारणा। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित,’ नेता उनले लेखेका छन्, ‘तर, देश, जनता, प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्न पर्दछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *